गृहपृष्ठ Featured बुद्ध जन्मस्थल लुम्बिनीमा अब विद्युतीय बस सेवा संचालन हुने

बुद्ध जन्मस्थल लुम्बिनीमा अब विद्युतीय बस सेवा संचालन हुने

प्रकाशित मिति:

बुद्ध जन्मस्थल लुम्बिनीमा अब विद्युतीय बस सेवा संचालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा संचालन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी जाने पर्यटकलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस संचालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।

विद्युतीय बस संचालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनमा जाने पर्यटकलाई सहज हुनेछ । कोषको परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजनाको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने भएको कोषले जनाएको छ ।

सम्बन्धित् समाचार