वैखरी अलाइन, बाणगंगा
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ मा रहेको मनकामना सस्कृत बिद्यापिठमा अध्ययन गर्ने बिद्यार्थी (बटुक) सस्कृति बचाउन सक्रिय रहेका छन ।
रक्षाबन्धन तथा नाग पञ्चमीका दिन घर घरमा गई नाग टास्ने र डोरो बाध्ने काम उनीहरु बर्षौ देखि गर्दै आएका छन ।
ठुलो भएर पण्डीत बन्ने लक्ष्य लिएका यहाँका बटुकहरु यसरी नाग टास्ने र डोरो बाध्ने काम गरी हिडेको देख्दा निकै खुशी लागेको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।
कुनै कुनै घरमा आफन्ती नाग टास्ने र डोरो बाध्न आउन नभ्याउने अवस्थामा बटुकहरु आउदा निकै खुशी लागेर स्थानिय रमाउने समेत गरेको उनको भनाई छ ।
पिठ भित्र रहेका करिव १०० बटुकमध्य ५०÷६० जना बटुक १५⁄१६ समुहमा बाढिएर उनीहरु यस क्षेत्रका घरहरुमा पुगी नाग टास्ने र डोरो बाध्ने काम गरेका हुन । उनीहरुले सो अवसरमा बिभिन्न घरमा गई मन्त्र जपेर नाग टास्ने र डोरो बाध्ने काम गर्दा स्थानिय समेत निकै खुशी भएको पाइएको छ ।
कपिलवस्तुको बाणगंगा राजपुर, नन्दनगर,बैरीया, पिपरा, बैजलपुर क्षेत्रका घरहरुमा गई उनीहरुले नाग टासेका थिए । यसरी घरमा घरमा गई नाग टास्दा र डोरो बाध्दा आफुहरुलाई निकै माया गरेको र फेरी फेरी पनि आउदै गर्नु भनी स्थानियहरुले भन्ने गरेको मनकामना सस्कृत बिद्यापिठमा एक बटुकले बताए ।
यसरी साथीहरुसगं घरघर गई सस्कृति बचाउने काम गरेकामा धेरैले धन्यवाद र आशिक समेत दिएको उनी बताउछन । त्यसी नाग टास्ने र डोरो बाध्न काम गरी उठेको रकमबाट उनीहरुकै स्तर उनन्तीका लागी उतm रकम खर्च गरीने पिठका अध्यक्ष दयाराम पौडेलले जानकारी दिए । उनीहरुकै नेतृत्व बिकासका लागी अन्य स्रोत जुटाई रकम खर्च गर्ने उनको भनाई छ ।