गृहपृष्ठ Featured अपडेट : खोलाले बगाएर बेपत्ता भएका सुनार अझै भेटिएनन्

अपडेट : खोलाले बगाएर बेपत्ता भएका सुनार अझै भेटिएनन्

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका–९ बर्दवा खोलाले बगाउँदा बेपत्ता भएका एक जना अझै फेला पर्न सेकेका छैनन् ।

मङ्गलबार बिहान १० बजे च्याउ खोज्न जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका बाणगंगा–७ निवासी ३६ वर्षीय दिलकुमार सुनार मंगलबार अबेरसम्म खोज्दा पनि फेला पर्न नसकेका हुन् ।

 

अब उनको भोलि बुधबार विहानैबाट खोजी कार्य गरिने उद्धार टोलीका एक सदस्यले जानकारी दिए । ३६ वर्षीय दिलकुमार सुनारकी ३१ वर्षीया राममाया सुनारको मृत्यु भएको छ भने १२ वर्षीय छोरा निरज सुनारको भने स्थानीयले सकुशल उद्धार गरेका छन् ।

सम्बन्धित् समाचार