वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगामा मोटरसाईकल दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ ।
बाणगंगा २ पिपराको गोवडीहवामा रुखमा लु ६४ प ५७६३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठोकिदाँ २ जनाको ज्यान गएको हो ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.सी.का अनुसार मोटरसाईकल चालक वडा नं.२ निवासी २५ बर्षीय रमेश वि.क.र पछाडी बसेका २७ बर्षीय गोपाल वि.क.को ज्यान गएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल लैजादाँ अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रमुख केसीले वैखरी अनलाईनलाई जानकारी दिए ।