गृहपृष्ठ Featured वर्षाका कारण पहिरो खसेपछि घोराही-होलेरी सडक अवरुद्ध

वर्षाका कारण पहिरो खसेपछि घोराही-होलेरी सडक अवरुद्ध

प्रकाशित मिति:

दाङ : वर्षाका कारण पहिरो खसेपछि घोराही-होलेरी सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षातका कारण सडकमा पहिरो खसेपछि घोराही-होलेरी सडकखण्ड अवरुद्ध बनेको हो ।

शहीदमार्ग अन्तर्गत घोराही उपमहानगरपालिका-१९ स्थित दुईखोलीमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। पहिरो खसेपछि बिहान पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि पहिरो पन्छ्याउन जेसीबीसहित प्रहरीको टोली खटेको छ ।

ठुला–ठुला ढुंगा खसेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । शहीद मार्गले दाङ र रोल्पालाइ जोड्ने गरेको छ ।

सम्बन्धित् समाचार