गृहपृष्ठ कपिलवस्तु बिशेष बुद्धभूमि-५ मा वृद्धभत्ता बाढ्न वडाध्यक्ष थापा नै घरघरमा पुगे

बुद्धभूमि-५ मा वृद्धभत्ता बाढ्न वडाध्यक्ष थापा नै घरघरमा पुगे

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का वडाध्यक्षले घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेका छन् । वडा कार्यालयसम्म आउन नसक्ने असहाय, अशक्त तथा अपाङ्गहरुको घरघरमा वडाध्यक्ष रोमबहादुर थापा आफै वृद्धभत्ता वितरण गर्न पुगेका हुन् ।

 

बुधबार वडाभित्रका १६ जना असहाय, अशक्त तथा अपाङ्गहरुको घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेको वडाध्यक्ष थापाले बताए ।

उनीहरुको सहजताका लागी वडाले आगामी दिनमा थप योजनासहित अघि बढ्ने लक्ष्य लिएको वडाध्यक्ष थापाको भनाई छ । ‘म जनताको लागी वडाध्यक्ष भएको हुँ, असहाय, अशक्त तथा अपाङ्गहरुको यो अवस्थालाई बुझेर नै घरघरमा राज्यले दिएको भत्ता दिन आए ।’ उनले भने, ‘आगामी दिनमा पनि थप योजनासहित अघि बढ्छु ।’

आम नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउने गरि आफु काममा लागी परेको उनले बताए ।

शारिरीक रुपमा अशक्त भएकालाई वडाले विशेष चासो दिएको बताउँदै वडाध्यक्ष थापाले उनीहरुको सहजताका लागी उपयुक्त वातावरण सिर्जन गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित् समाचार