वैखरी अनलाइन, बाणगंगा
आसन्न प्रदेश तथा सघंको चुनावमा कपिलवस्तु क्षेत्र नं. १ (क) बाट नेपाली कांग्रेसका नेता डोलकराम घिमिरे उठने सम्भावना बलियो देखिएको छ ।
जनमत, लोकप्रियता, काम गर्ने शैलीमा नयापनका साथै कार्यकर्ता र आम नागरिकमा रुचाइएका नेताका रुपमा परिचित घिमिरेलाई नेपाली कांग्रेसले प्रदेशसभाको सदस्य पदमा चुनावमा उठाउने सम्भावना बलियो देखिएको हो ।
तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लाको प्रदेश १ (क) क्षेत्रबाट उनलाई उठाउन केन्द्रिय नेताहरुले समेत तयारी गरेका छन भने उनले टिकट पाउनका लागी लबिङ थालेको पाइएको छ ।
नेपाली कांग्रेसको तर्फबाट लामो समयसम्म सक्रिय राजनिति र सामाजिक सेवामा सक्रिय उनी प्रदेश चुनावमा उठने चर्चापरिचर्चा सुरु हुन थालेपछि नेता तथा कार्यकता पनि खुशी देखिएका छन । उनी कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष समेत हुन भने दर्जनौ सघंसस्थामा रही नेतृत्वदायी भुमिका समेत निर्वाह गरीसकेका छन ।