कपिलवस्तु : श्री अन्नपूर्ण विद्या मन्दिर माध्यमिक विद्यालय कोपवा ५ कपिलवस्तुमा एस् क्यु सि (विद्यार्थी गुणीय चक्रको) अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यार्थीहरुमा गुणस्तरीय व्यक्तित्व विकास, नेतृत्व विकास लगायतका कुराहरु विकास गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो । अभिमुखीकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मदन मल्लले विद्यार्थीले वैज्ञानिक विधिको प्रयोग गरी आफ्ना समस्या आफै समाधान गर्न सक्ने भएकोले विद्यार्थीको जीवनमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
विद्यालयले आगामी हब कन्भेन्सन्का लागि ५ सर्कलमा ५० विद्यार्थी सहभागी गराउने छ भने सेन्ट जेभियर्स विद्यालयमा हुने २३ औं अन्तर्राष्ट्रिय कन्भेन्सन् कार्यक्रममा विद्यालयले सहभागिता जनाउने समेत उहाँले जानकारी दिनुभयो ।
यस्तै विद्यालयका सह प्रधानाध्यापक हरि नारायण चौधरीले यस कार्यक्रमले विद्यार्थीमा परिवर्तन ल्याउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।
उहाँले विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रममा सिकेका कुराहरुलाइ व्यावहारमा उतार्न समेत आग्रह गर्नुभयो । यस्तैगरि कार्यक्रममा विद्यालय कोर्डिनेटर प्रकाश भुसालले यस्ता कार्यक्रमले विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कुरा बताउनुभयो । कार्यक्रममा एस् क्यु सि मास्टर ट्रेनर एवम् लुम्बिनी हब कोर्डिनेटर मिलन भण्डारीको सहजीकरण रहेको थियो ।
कार्यक्रममा विद्यार्थीका लागी शिक्षक सहजकर्ता गायत्री शर्मा र प्रकाश न्यौपानेले आ आफ्ना धारणा राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक मदन मल्लको अध्यक्षता रहेको कार्यक्रम लेखापाल प्रमुख कपिल घिमिरेको संचालनमा सप्पन्न भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरुको सहभागिता रहेको थियो ।