गृहपृष्ठ Featured भदौ पहिलो साता भागबण्डा टुंग्याउने पक्षमा गठबन्धन

भदौ पहिलो साता भागबण्डा टुंग्याउने पक्षमा गठबन्धन

प्रकाशित मिति:

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले भदौ पहिलो साताभित्र १६५ निर्वाचन क्षेत्रको भागबण्डा मिलाउने भएको छ ।

 

सरकारले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका हुन् ।

सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । तर शुक्रबारको बैठकमा कुनैपनि दलले सिट दावी नगरेको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

‘आजको बैठकमा कार्यदल बनाउने र त्यसैमार्फत अघि बढ्ने निर्णय भएको छ’, भुसालले भने, ‘सिटको दावी कसले कति भनेर छलफल भएन ।’ यसअघि काँग्रेसले ९५ देखि १०० सिट आफुले पाउनुपर्ने बताउदै आएको छ भने माओवादी केन्द्रले ५० माथि दावी गर्दै आएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी २० र  जनता समाजवादीले १५ देखि २० सिटमा दावी गर्ने नेताहरुले बताउदै आएका छन् ।

 

सम्बन्धित् समाचार