गृहपृष्ठ Featured बाणगंगामा राप्रपाको चुनाव लक्षित गतिविधि सुरु : एकैदिन ३ भातृसंगठन गठन

बाणगंगामा राप्रपाको चुनाव लक्षित गतिविधि सुरु : एकैदिन ३ भातृसंगठन गठन

प्रकाशित मिति:

वैखरी अनलाईन  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाणगंगामा विभिन्न भातृसंगठन गठन गरेको छ ।

राप्रपा बाणगंगा नगारकार्य समितिले आयोजना गरेको बृहत् भेलाले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, महिला संगठ्न, र किसान संगठन गठन गरेको हो ।

 

 

यहि भदौ १५ गतेसम्म अधिबेशन गर्ने गरि राजेन्द्र थारुको अध्यक्षतामा युवक संगठन गठन गरिएको छ । जसको उपाध्यक्षमा जीवन थापा, बिरेन्द्र थारु, कोषाध्यक्षमा शिव न्यौपाने चयन भएका छन् भने सदस्यहरुमा गोपाल बस्नेत, दिपक सेन, रबि चौधरी, बिनोद शर्म, शुसिला रोका, अर्जुन रिजाल लगायत १३ सदस्य समिति चयन गरिएको छ ।

 

त्यस्तै महिला संगठनको अध्यक्षमा कुमारी संगिता नेपाली, उपाध्यक्षमा नबिता राना, अन्जु थारु सचिवमा सुमन थारु, कोषाध्यक्षमा मिना थारु, सदस्यमा सरस्वती पौडेल, लक्ष्मी बि.क. ,तिल कुमारी बस्याल लगायत ११ सदस्यीय समिति गठन भएको छ ।

यस्तै खेमराज बेल्बासेको अध्यक्षतामा किसान संगठन गठन भएको छ । जसको उपाध्यक्ष माधव घिमिरे, सचिवमा भिम मल्ल कोषाध्यक्षमा बृजेश थारु, सदस्यमा बिजय मल्ल, हिरा काले शाही,बिशेवर थारु रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य ध्रुब रायमाझीले पार्टीले लिएको संवैधानिक राजतन्त्र सहितको धार्मिक स्वतन्त्रता भएको हिन्दु राष्ट्र बनाउने दिशातर्फ अग्रसर हुन निर्देशन दिए । उनले संघियता खारेजी, भ्रष्टचारलाई शुन्यमा झार्ने पार्टीको एजेण्डालाई सम्पुर्ण जनता माँझ प्रभावकारीताका साथ उठाउन आवश्यक रहेको बताए ।

राप्रपाका नगर अध्यक्ष गिरिराज कँडेलको अध्यक्षता सम्पन्न कार्यक्रम, राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य मिन प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता, बिभागिय सदस्य सुर्य गुरुङ, सगंठन प्रमुख राजेन्द्र बिक्रम शाह, जिल्ला उपाध्य चन्द्र भन्डारि र भोजराज आर्चाय नन्दु राना, क्षेत्रीय अध्यक्ष प्रकाश भुसाल, रामु शर्मा, उपाध्यक्ष राम बहादुर थारु लगायतको आतिथ्यता रहेको थियो ।

 

सोही कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ८ र ४ बाट ४ जनाले पार्टी सदस्यता लिई राप्रपामा प्रवेश गरेका छन् ।

सम्बन्धित् समाचार