गृहपृष्ठ Featured रोल्पामा मयूर रक्षणका लागि जुटे महिला : एउटै वनमा ५०० मयूर

रोल्पामा मयूर रक्षणका लागि जुटे महिला : एउटै वनमा ५०० मयूर

प्रकाशित मिति:

रोल्पा : रोल्पाको एक सामुदायिक वनमा मयूर संरक्षणका लागि महिलाहरू जुटेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं। २ महेन्द्रीस्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले मयूर संरक्षणमा लागेका हुन् ।

सामुदायिक वनलाई मयूर पर्यटनको रुपमा विकास गर्न मयूर संरक्षणको थालनी गरेको वन समूहले जनाएको छ । पाँच वर्षे आवधिक योजना तयार गरी सो सामुदायिक वनका महिलाहरूले संरक्षणको काम अघि बढाएका हुन् ।

मयूरको वासस्थानको लागि त्यहाँको भू-बनोट, हावापानी र वनस्पति उत्तम रहेको बताइन्छ । पानीको सहज उपलब्धता, पारिलो क्षेत्र, मानव बस्ती र खेतबारी समेत प्रसस्त रहेकाले सो सामुदायिक वन मयूरको वासस्थानका लागि उपयुक्त मानिन्छ ।

किरा फट्यांग्रा, फल, बालीनाली र घाँससमेत हुनाले यो क्षेत्र मयूरका लागि उपयुक्त भएको डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत डा. मोहन पौडेलले बताए ।

उक्त सामुदायिक वन क्षेत्रमा ४०० देखि ५०० को संख्यामा मयूर रहेको स्थानीयको अनुमान छ । सामुदायिक वन क्षेत्रमा पाइने भाले मयूरको तौल ५ के.जी. सम्म हुने स्थानीयको भनाइ छ ।

सानो क्षेत्रमा यति धेरै मयूर पाइनुमा यो क्षेत्र मयूरका लागि सुरक्षित रहेको मान्न सकिने वन्यजन्तु संरक्षणका जानकारहरूको भनाइ छ ।

सम्बन्धित् समाचार