गृहपृष्ठ Featured कपिलवस्तुको विकास र राजनितिक गतिविधिबारे प्रधानमन्त्री देउवाको चासो

कपिलवस्तुको विकास र राजनितिक गतिविधिबारे प्रधानमन्त्री देउवाको चासो

प्रकाशित मिति:

कपिलवस्तु : प्रधानमन्त्री शेर बहादुर देउवासगँ नेपाली काँग्रेसका युवा नेता एबं सांसद अभिषेक प्रताप शाह सहितको एक समुहले भेटवार्ता गरेको छ ।

 

उक्त भेटवार्तामा कपिलवस्तुको विकास र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल भएको छ । आगामी निर्वाचनमा कपिलवस्तुबाट काँग्रेस विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेको सांसद शाहले जानकारी दिनुभएको छ ।

उक्त भेटवार्तामा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगरको विकासका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताउनु भएको छ ।
कृष्णनगरमा ब्यवस्थित बसपार्क, ढल निकास सडक सन्जालका बारेमा पनि गम्भिर छलफल भएको छ ।

उक्त भेटघाट कार्यमा नेपाली काँग्रेस कपिलवस्तुका युवा नेता राजेश ज्ञवालीले कपिलवस्तु कांग्रेसका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउँनु भएको थियो ।

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न युवा नेता ज्ञवालीले प्रधानमन्त्री देउवालाई आग्रह समेत गर्नु भएको थियो ।

सम्बन्धित् समाचार