गृहपृष्ठ Featured फोहोर उठाउँदा तोकेको भन्दा बढि रकम नलिन मेयर अर्यालको निर्देशन

फोहोर उठाउँदा तोकेको भन्दा बढि रकम नलिन मेयर अर्यालको निर्देशन

प्रकाशित मिति:

वैखरी अनलाइन , बाणगंगा

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले फोहोर उठाउँदा तोकेको भन्दा बढि रकम नलिन निर्देशन दिएका छन ।

 

बाणगंगा नगरपालिका र फोहोर उठाउने कम्पनीका सञ्चालकबिच भएको छलफलमा मेयर अर्यालले तोकेको भन्दा बढि रकम नलिन निर्देशन दिएका हुन । नगरका केही स्थानमा तोकेको भन्दा बढि रकम लिएको गुनासो आएपछि नगरप्रमुखले ठेकेदारलाई बढि रकम नलिन मेयर अर्यालले निर्देशन दिएका हुन ।

 

नगरले तोकेको दररेटका आधारमा मात्र नगरबासीबाट रकम उठाउन उनले निर्देशन दिएका थिए । साथै स्वच्छ नगर निमार्णमा न्युनतम रकम दिन नगरबासीले पनि आनाकानी गर्न नहुने पनि मेयर अर्यालको भनाई छ ।

 

 

बैठकमा बाणगंगा नगरपालिकाकी उप प्रमुख रिता चौधरी, प्रशासन शाखा प्रमुख केशव राज भट्टराई, योजना शाखाका प्रमुख शान्ताराज आर्चाय, वडा नः ४ का  पुर्व वडाध्यक्ष गणेश बहादुर क्षेत्रीका साथै फोहोर उठाउने जिम्मा पाएको फेरी ईन्भाईरोमेन्टल सर्विसेसका सञ्चालकहरुको सहभागिता रहेको थियो ।

 

यता बाणगंगा नगरपालिकामा फाहोरमैला व्यवस्थापन कार्य प्रभावकारी बन्दै गएको छ । बर्षौ देखि मूल समस्याको रुपमा रहदैं आएको फाहोरमैला व्यवस्थापन अहिले नियमित रुपमा फोहोर उठ्न थालेसंगै व्यवस्थापकिय कार्य प्रभावकारी बन्दै गएको हो ।

नियमित रुपमा घरघरमा ट्याक्टर आई फोहोर लैजाने क्रम सुरु भएको भन्दै नगरवासीले खुशी व्यक्त गरेका छन् । नगरले फोहोर व्यवस्थापनका लागी राम्रो कदम चाल्दाँ सबैलाई सजिलो भएको बाणगंगा १ निवासी रामप्रसाद गैरेले बताए ।

फोहोर जन्य पदार्थ व्यवस्थापनको लागि गतमा वैशाखमा बाणगंगा नगरपालिका र फेरी ईन्भाईरोमेन्टल सर्विसेसबीच सम्झौता भएको थियो । सम्झौता अनुसार अहिले सहरी क्षेत्रमा दैनिक र ग्रामीण क्षेत्रमा हप्ताको एक पटक फोहर उठाउने उठाउने काम भईरहेको छ ।

 

नगरपालिकाले फोहोर व्यवस्थापन गर्न एउटा ट्याक्टर उपलब्ध गराएको छ भने एउटा सवारी साधन फेरी ईन्भाईरोमेन्टल सर्भिसेससंग छ । नगरपालिकासंग सम्झौता गरेको उक्त फेरी ईन्भाईरोमेन्टल सर्भिसेसले नगरपालिकालाई बार्षिक ३६ हजार रुपैयाँ दिने छ ।

 

सम्बन्धित् समाचार