गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा ४ किलोमिटर घस्रँदै तौलेश्वरनाथ महादेव मन्दिरमा जर्लापण

कपिलवस्तुमा ४ किलोमिटर घस्रँदै तौलेश्वरनाथ महादेव मन्दिरमा जर्लापण

प्रकाशित मिति:

मनोज पौडेल (कपिलवस्तु) : साउन महिनाको सोमबार श्रद्धालुले ४ किलोमिटर घस्रँदै गएर तौलेश्वरनाथ महादेव मन्दिरमा जर्लापण गरेका छन् । तिथिका हिसाबले अन्तिम सोमबार भएकाले घस्रँदै मन्दिर पुग्ने धेरै थिए ।

 

वाणगंगा नदीको रामघाटमा स्नान गरी शुद्ध भई बिहानैदेखि सदरमुकाम तौलिहवास्थित मन्दिरमा घस्रँदै जर्लापण गर्न जाने धेरै थिए ।

श्रद्धालु आइतबार साँझ नदी पुगेर जाग्राम बसेका थिए । राति २ बजेदेखि नदीमा स्नान गरी चोखो भएर बाटोमा सुत्दै, घस्रँदै श्रद्धालुहरु मन्दिर पुगेका थिए ।

ठाउँ–ठाउँमा रोकिँदै आराम गर्दै उनीहरु अघि बढेका थिए । स–साना बालकदेखि युवा, महिला पनि घस्रँदै मन्दिर पुगेका थिए । चर्को घाममा घस्रदै अघि बढ्नेलाई ठाउँ–ठाउँमा स्थानीयले पानीले भिजाइदिने गरेका थिए ।

ठाउँठाउँमा घस्रँदै जर्लापण गर्न जानेलाई नगरपालिकाको दमकलले पानी फालेर सहयोग गरेको थियो । ४ किलोमिटर कालोपत्रे बाटो श्रद्धालुले २ देखि ५ घण्टा लगाएर पार गर्दै मन्दिर पुगेका थिए ।

सम्बन्धित् समाचार