गृहपृष्ठ Featured पाल्पाका नासुहरू असमान तलब वृद्धि सच्याउन माग गर्दै आन्दोलनमा

पाल्पाका नासुहरू असमान तलब वृद्धि सच्याउन माग गर्दै आन्दोलनमा

तानसेन : तलब वृद्धिमा असमान गरिएको भन्दै असन्तुष्ट पाल्पाका नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन्।

 

हालै सार्वजनिक भएको चालु आर्थिक वर्षदेखि लागू हुने गरी नयाँ तलबमानको विषयलाई सच्याउन दबाब दिने उद्देश्यले पाल्पाका नायव सुब्बा सरहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।

पाल्पाका नायव सुब्बाहरूले जिल्ला प्रशासन कार्यालयको मुल गेटमा बिहान ११ बजेदेखि १२ सम्म धर्ना दिएका छन्।

नासु सरहका कर्मचारीहरूलाई १५ प्रतिशत र सो भन्दा माथिका कर्मचारीहरूलाई २६ प्रतिशतसम्म तलब वृद्धिको तयारी भइरहेको अवस्थामा सो कार्यको विरोध गर्दै देशभरका नासुहरू आन्दोलनमा उत्रिएका हुन्।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन पाल्पा, नेपाल निजामती कर्मचारी संगठन पाल्पा, नेपाल निजामती कर्मचारी युनियन पाल्पा र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती पाल्पामा आवद्ध सयौ नायव सुब्बाहरू असमान तलब व्यबस्थाको खारेज गर्दे बजेटमा प्रस्तुत समान हैसियतमा तलब कायम हुनुपर्ने माग राखेका छन्।

सम्बन्धित् समाचार