वैखरी अनलाईन : कपिलवस्तु जेसिजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम मंगलबार बाणगंगा ६ को वडा कार्यालय लक्ष्मणघाटमा सम्पन्न भएको हो ।
बढ्दो रगतको मागलाई परिपुर्ति गर्न रक्तदान कार्यक्रम गरिएको कपिलवस्तु जेसिज (बर्ष २०२२) का अध्यक्ष गुरुदेव पौडेलले बताए । कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको बताउँदै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा क्रियाशिल कपिलवस्तु जेसिजले विगतमा पनि यस्ता कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रतिवद्धता जनाए ।
अस्पतालहरुमा देखिएको रगत अभावलाई कम गर्न सहयोग पुगोस भन्ने उद्देश्ले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष पौडेलको भनाई छ । नेपाल नियमित रक्तदाता संघ कपिलवस्तु र कपिलवस्तु सामुदायिक अस्पतालको सहयोग तथा जेसी अपिला टण्डनको संयोजनमा सम्पन्न रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन भएको कपिलवस्तु जेसिज (बर्ष २०२२) का महासचिव चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।
सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ ।