गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुका पालिकाहरु छाडा पशुचौपया व्यवस्थापनमा असफल

कपिलवस्तुका पालिकाहरु छाडा पशुचौपया व्यवस्थापनमा असफल

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुका पालिकाहरु छाडा पशुचौपया व्यवस्थापनमा असफल भएका छन् । ६ नगरपालिका र ४ गाउँपालिका रहेको कपिलवस्तु जिल्लामा छाडा पशुचौपया बर्षौ देखि मूल समस्याको रुपमा रहेको छ ।

 

जिल्लाका मूख्य बजार क्षेत्रमा नै नगरपालिकाले छाडा पशुचौपया व्यवस्थापन गर्न नसक्दाँ बजार क्षेत्र नै अस्तव्यस्त देखिने गरेको छ । पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको बाणगंगा- १ की सविना अर्यालले बताईन् ।

जिल्लाका नगरपालिकाहरु र गाउँपालिहरूले छाडा पशु चौपायाको व्यवस्थापनका विषयमा ठोस कदम चाल्न सकेका छैनन् । केहीले प्रयास गरे पनि त्यो दिगो समाधान हुन सकेको छैन् । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढेको छ भने सवारीसाधनलाई आफ्नो गति तय गर्न कठिनाइ देखिएको छ ।

जिल्लाका मुख्य बजार क्षेत्रका सडकमा गाईगोरु, बाछा–बाछी र कुकुरलगायत दर्जनौँ पशु चौपाया छाडिएका छन् । कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, छाडा पशु चौपाया व्यवस्थित गर्न उचित ठाउँ नपाउँदा पालिकाहरूले पनि दिगो समाधान गर्न सकेका छैनन् ।

सडकमा छाडिएका चौपायाका कारण ठूला सडक दुर्घटना नहोलान् भन्न सकिन्नँ, त्यसो त सवारीले पशु चौपायालाई सडकमै मार्ने र महिनौँसम्म सडक दुर्गन्धित हुने घटना नयाँ होइन ।

बाणगंगा नगरपालिकाका मेयर चक्र अर्यालले छाडा पशुचौपया व्यवस्थापन नगरपालिकाका लागी विगतदेखि नै प्रमुख चुनौतिका रुपमा रहेको बताए । मेयर अर्यालले यसको लागी नगरपालिकाले विभिन्न निकायसंग सहकार्य गरेर अघि बढ्ने प्रयत्न गरेको स्मरण गर्दै त्यसले साकार रुप लिन नसकेको बताए ।

बाणगंगा- ८ मधुवनधाममा छाडा पशुचौपया व्यवस्थापनका लागी आवश्यक जग्गाको व्यस्थापन गरेर संरचना निर्माण भईरहेको बताए । छाडा पशुचौपया व्यवस्थापनका लागी नगरपालिकाले चलेको कदमले छिट्टै सार्थक रुप लिने उनले दाबी गरे ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले छाडा पशुचौपया व्यवस्थापनको लागी कपिलवस्तु नगरपालिकासहित शिवराज र बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधिहरु विभिन्न चरणमा बैठक बसिरहेको बताए ।

उनले बुद्धभूमिको जंगल क्षेत्रमा छाडा पशुचौपया व्यवस्थापनको लागी आवश्यक कामहरु गर्ने गरि छलफल भईरहेको जानकारी दिए । साउन महिनाको अन्तिमसम्म छाडा पशुचौपया व्यवस्थापनको लागी ठोस निर्णय गरि अघि बढ्ने उनको भनाई छ ।

आफु पनि बाटोमा गाडि लिएर हिडँदा छाडा पशुचौपयाले गर्दा बाटो नपाउने समस्या झेल्ने गरेको उनले बताए ।

स्थानीय सरकारले छाडा पशुचौपया व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको स्थानीयको आरोप छ । पालिकाहरुले छाडा पशुचौपयाको समस्या समधान गर्न नसक्नु उनीहरुको काम गर्ने असक्षतालाई प्रस्टाउने जानकारहरु बताउँछन् ।

सम्बन्धित् समाचार