गृहपृष्ठ Featured अब सार्वजनिक बिदाको दिन पनि लाइसेन्सको ट्रायल हुने

अब सार्वजनिक बिदाको दिन पनि लाइसेन्सको ट्रायल हुने

प्रकाशित मिति:

काठमाडौँ : सवारी चालक अनुपत्र (लाइसेन्स) लिनका लागि चाप बढेपछि वाग्मती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुले सार्वजनिक बिदाको दिन पनि ट्रायल परीक्षा सुरु गर्ने भएका छन् ।

वाग्मती प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सबै कार्यालयलाई परिपत्र गर्दै आवेदकको संख्या बढी भएका कार्यालयमा कार्यालय समयभन्दा अघि बिहान र सार्वजनिक बिदाको दिन पनि ट्रायल गराउन भनेको हो ।

मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलो भर्‍याङले बिहान ७ बजेबाट कार्यालय सञ्चालन गरी ट्रायल सेवा जारी राखेको छ ।

अन्य कार्यालयहरुले पनि बिहानबाट ट्रायल सुरु गराउने तयारीमा छन् । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलो भर्‍याङका प्रमुख सञ्जय थापाका अनुसार सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७८, आएपछि बिहानैबाट सेवा दिन थालिएको छ ।

सम्बन्धित् समाचार