गृहपृष्ठ Featured पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित

पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित

प्रकाशित मिति:

पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग १३ रनले पराजित भएको छ । जमैकाको साविना पार्कमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ७२ रन बनाउन सक्यो ।

वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४७ रन जोडे भने डिभेन कन्वेले ४३ रन बनाए । जेम्स निसमले ३३ तथा ग्लेन फिलिप्सले १७ रन बनाए ।

यस्तै, ड्यारियल मिचेल र मार्टिन गप्टिलले समान १६(१६ रन बनाए । दुई टोलीबीचको दोस्रो टी–२० खेल शनिबार हुनेछ ।

सम्बन्धित् समाचार