गृहपृष्ठ Featured पाल्पामा पौडी खेल्ने क्रममा १४ वर्षीय किशोरको मृत्यु

पाल्पामा पौडी खेल्ने क्रममा १४ वर्षीय किशोरको मृत्यु

पाल्पा : पाल्पाको रैनादेवी छहरा–१, सिद्धेश्वरमा १४ वर्षीय मनोज रेश्मी मगरको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका–३, चोयघा घर भई पाल्पा सिद्धेश्वरमा मामाघर बस्दै आएका रेश्मीको डमराईमा पौडी खेल्ने क्रममा बिहीबार डुबेर बेहोस भएका थिए ।

प्रहरीका अनुसार बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा मृत्यु भएको हो ।

सर्देवा प्रहरी चौकी र स्थानीयको सहयोगमा घटनाको जानकारी पाउनासाथ उद्धार गरेर अस्पताल पठाएको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार