गृहपृष्ठ Featured बाणगंगाका होटल ः बढिमा ५ सय जनालाई बास दिन सक्ने, जसले गर्दा बिद्यार्थीले दुख पाए

बाणगंगाका होटल ः बढिमा ५ सय जनालाई बास दिन सक्ने, जसले गर्दा बिद्यार्थीले दुख पाए

प्रकाशित मिति:

वैखरी अनलाइन

शनिबार हुने निमाबि तह शिक्षक लाईसेन्सको परिक्षा दिन कपिलवस्तुमा बिभिन्न जिल्लाबाट आएका विधार्थी अलपत्र परेका छन् ।

परिक्षाका लागी आएका विधार्थीले बस्न र खानका लागि होटेलमा कोठा नपाउँदा सास्ती खेप्नुपरेको छ । यता जिल्लाको बाणगंगा नगरपालिकाका बिभिन्न चोकचोकमा विधार्थीहरु कोठा खोज्नका लागी भनेर दिनैभरि भौँतारि रहेको देख्न सकिन्थ्यो । लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुबाट भोलीको परिक्षा दिन आएका विधार्थीहरुले एकरात काट्नका लागी पनी कोठा नपाउँदा निकै असहज भएको  बताए ।

बाणगंगामा खानपिनका लागी होटेल प्रयाप्त भएतापनि बास बस्न मिल्ने लजका हाडेलको क्षमता बढिमा ५ सय रहेको पाइएको छ ।

 

यसैबिच अलपत्र परेका विधार्थीहरुलाई होटेल ब्यवसायी संघ, कपिलवस्तुको उद्योग बाणिज्य संघ, बिभिन्न संघ संस्था र स्थानियको सक्रियतामा खान र बस्नका लागी ब्यवस्था मिलाईएको छ । नगरका बिभिन्न स्थानमा धेरै विधार्थी अट्ने गरि हलको व्यवस्था गराईएको छ भने कतै स्थानियले आफ्नै घरमा बास दिएर सहयोग गरेको उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमीरेले बताउनुभयो । यस्तै घिमीरेले आफुले पनी आफ्नै घरमा केही विधार्थीहरुलाई बास दिएको बताउनुभयो ।

कपिलवस्तुमा निमाबि लाईसेन्सका लागि ४२ परिक्षा केन्द्र तोकिएको छ । भने १० हजार परिक्षार्थी सहभागी हुने बताईएको छ । आयोगले अव्यवहारिक र हचुवाको भरमा १ घण्टाको परीक्षालाई ३ दिन लाग्ने गरि गरेको निर्णयले परीक्षार्थीहरुले सास्ती खेप्नु परेको जानकारहरुको भनाई छ । यस्तै रोल नम्बरको आधारमा परिक्षा केन्द्र निर्धारण गर्दा पनी परिक्षार्थीहरुले दुख पाएको निष्कर्ष निकालिएको छ ।

परिक्षा साउन २८ गते अर्थात शनिबार बिहान ८ बजे देखि ९ बजे सम्मका लागि राखिएको छ ।

सम्बन्धित् समाचार