गृहपृष्ठ Featured कपिलवस्तुको शिवराजमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाले गर्‍यो डिस्पोज

कपिलवस्तुको शिवराजमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाले गर्‍यो डिस्पोज

प्रकाशित मिति:

कपिलवस्तु : जिल्लाको शिवराज-१ सुरहि खोलामा विस्फोट पदार्थ फेला परेको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुरहि पुल नजिकै फेला परेको उक्त बस्तुलाई नेपाली सेनाले शनिवार डिस्पोज गरेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई कहि बेर अवरुद्ध गरी डिस्पोज गरेको हो ।

गर्मी छल्न पौडी खेल्न गएका स्थानीहरूले शङ्कास्पद बम जस्तो देखिने बस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए । ठुलो आवाजमा डस्पोज भएको उक्त बस्तु फेला परेर ठुलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुर बहादुर खड्काले बताए ।

शुक्रवार जानकारी प्राप्त भएको र शनिवार बिहान गोरुसिगेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहिले बताए ।

तत्कालीन द्धन्दकालमा उक्त बस्तु त्यहाँ छुटेको हुन सक्ने अनुमान रहेको छ ।

सम्बन्धित् समाचार