काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्न अनेक प्रयास भइरहेको बताएका छन्। लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमत ल्याउन नदिन गठबन्धनले अनेक प्रयास गरिरहेको बताए।
‘नेपाली जनता एमालेको वरिपरि गोल बन्द हुँदैछन्। यही कुरासँग आत्तिएका छन् प्रतिक्रियावादीहरु र गठबन्धन। यति साह्रो गठबन्धन किन बनाउनुपर्यो,’ उनले भने।
उनले आफू जहाँ पुगे पनि जनता समृद्ध नेपाल सुखी नेपाली बनाउन दृढ रहेको बताए। एमालेको नीतिबाट मात्रै नेपालको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सकिने उनको भनाइ छ।
‘जनतालाई साथमा लिएर एमाले अघि बढेको छ। पाँच दलीय गठबन्धन नपुगेर कहिले आठ दलीय गठबन्धन भनेर कुदिराखेका छन्। एमालेलालाई बहुमतबाट रोक्न अहिले सबै प्रयास भइरहेको छ,’ उनले भने।
देशलाई ओरालो लाग्न नदिन एमाले विजयी हुनुपर्ने उनले स्पष्ट पारे। सुशासनको बाटोमा देशलाई अघि बढाउन जनतालाई साथमा लिएर अघि बढाइने उनको भनाइ छ।
‘चुनाव लडौं न मारामार किन गर्नेरु यो गठबन्धन एक्लै त लड्ने आँटै गर्दैनन्। विचरा कांग्रेस माया लाग्छ मलाई। हेर्दाहेर्दै कांग्रेस के भइसक्यो भने मान्छे त ठीकै छ ७३, ७५, ७६ मा बुढ्यौली लाग्छ। पार्टी त जवान हुन्छ नि। कांग्रेस के भएको हो लौरो टेकेर पनि अडिन नसक्ने भइसक्यो। खुट्टै टेक्न नसक्ने भयो। कहिले प्रचण्ड खोज्याछ, अर्को खोज्यछ, अर्को खोज्याछ,’ उनले भने।