गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नं. ३ बाट शाहले कांग्रेसबाट टिकट पाउने सम्भावना बलियो

कपिलवस्तु क्षेत्र नं. ३ बाट शाहले कांग्रेसबाट टिकट पाउने सम्भावना बलियो

प्रकाशित मिति:

वैखरी अनलाइन, चन्द्रौटा

कपिलवस्तु क्षेत्र नं. ३ मा काँग्रेसबाट अभिषेक प्रताप शाह र काँग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडिया आकांक्षी देखिएका छन् ।

जसमध्य शाहले टिकट पाउने सम्भावना बलियो देखिएको छ ।

शाहले २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम ९हाल जसपाका मंगलप्रसाद गुप्तालाई पराजित गरेका थिए ।

 

गुप्ता हाल एमालेमा छन् । हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका गुप्तालाई पार्टीले चुनावी मैदानमा अगाडि सार्ने देखिन्छ । त्यसकारण यहाँ फेरि पनि साह र गुप्ताबीच नै प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ ।

क्षेत्र नम्बर ३ मा २०७४ सालमा काँग्रेसका अभिषेक प्रताप शाह १९ हजार ८६४ मतका साथ जित हासिल गर्दा तत्कालीन संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्ताले १५ हजार ७९४ मत ल्याएका थिए ।

यो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने एमाले अगाडि देखिन्छ । यद्यपि सत्तारुढ गठबन्धनको तुलनामा एमाले कमजोर नै देखिन्छ ।

यो क्षेत्रमा एमालेका वडा अध्यक्षहरूले १८ हजार ७४७ मत पाउँदा काँग्रेसले १५ हजार ७७०, जसपाले ९ हजार ९७४, माओवादीले ६ हजार ८४४, राप्रपाले ६ हजार ७४, लोसपाले ४ हजार ६७५, नेकपा एकीकृत समाजवादीले एक हजार ९८६ मत पाएका छन् ।

सम्बन्धित् समाचार