कपिलवस्तु : नेकपा (एमाले) कपिलवस्तुले ५ सय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । एमाले कपिलवस्तुका अनुसार समसमायिक राजनीति विषयवस्तु र आसन्न चुनावमा केन्द्रीत रहेर जिल्लाका नेता कार्यकर्तालाई प्रशिक्षक दिने भएको हो ।
जिल्लाको बाणगंगा- ४ ठाकुरापुरस्थित पिस हिमालय रिसोर्टमा आइतबार राखिएको प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्न पार्टीका उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङ र स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा आउने एमाले कपिलवस्तुले जानकारी दिएको छ ।
प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्य, स्थानीय पालिकाका निर्वाचित मेयर उपमेयर र वडाध्यक्ष, पार्टीका जिल्ला सल्लाहकार सदस्य, जिल्लास्तरीय विभागका सदस्य, पालिका कमिटीका पदाधिकारी, जनसंगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष रहने पार्टीका जिल्ला सचिव सिबी गहतराजले बताए ।








