गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नः २ बाट एमालेले गुप्तालाई टिकट दिने निश्चितजस्तै

कपिलवस्तु क्षेत्र नः २ बाट एमालेले गुप्तालाई टिकट दिने निश्चितजस्तै

वैखरी अनलाइन, तौलीहवा
यहीँ मंसिर ४ गते हुने सघं तथा प्रदेश सभाको चुनावी तयारी बिस्तारै सुरु भएको छ । कपिलवस्तु क्षेत्र नः २ मा एमालेबाट वृजेशकुमार गुप्ता चुनाव लड्ने तयारीमा छन् ।

 

२०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा रहेर सूर्य चिह्न लिएर उम्मेदवार बनेका उनी अहिले एमालेमा प्रवेश गरेका छन् । यहाँ एमालेले गुप्तालाई नै टिकट दिने निश्चितजस्तै रहेको एमालेका कार्यकर्ताहरू बताउँछन् ।

 

क्षेत्र नम्बर २ मा २०७४ सालमा वृजेश कुमार गुप्ताले ३५ हजार १२७ मतका साथ जित हासिल गर्दा नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने यो क्षेत्रमा नेपाली काँग्रेस नै अगाडि देखिन्छ । यद्यपि गुप्ता आफैका मत करिव ५ हजार भन्दा बढि रहेको जानकार बताउछन ।

 

यो क्षेत्रबाट काँग्रेसका वडा अध्यक्षहरूले ३० हजार ९९८ मत पाएका छन् भने एमालेले २७ हजार २९८, जसपाले ६ हजार ९०८, लोसपाले ६ हजार ३८६, माओवादीले ४ हजार ४५९, राप्रपाले दुई हजार ३५, नेकपा एकीकृत समाजवादीले ६९१ मत पाएको छ ।

सम्बन्धित् समाचार