कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डर र करको कारण गठबन्धन गर्नु परेको बताएका छन् ।
भरतपुर विमानस्थलमा प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने- ‘हामीले गठबन्धन नगरे अरु पार्टीले गर्छन् त्यसैले यो डर र करको गठबन्धन हो ।’
एक्लै अघि बढ्नु भन्दा पनि मिलेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएकाले गठबन्धन गर्नुपरेको बताउँदै उनले भने, ‘कांग्रेसले देशमा राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको लागि काम गर्न चाहन्छ त्यसका लागि पनि यो गठबन्धन आवश्यक छ ।’








