गृहपृष्ठ Featured तौलिहवामा नागरिकता विधेयक फिर्ता पठाएको भन्दै राष्ट्रपतिको पुत्ला दहन

तौलिहवामा नागरिकता विधेयक फिर्ता पठाएको भन्दै राष्ट्रपतिको पुत्ला दहन

कपिलवस्तु : दुबै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागकिरता बिधेयक फिर्ता गरेको भन्दै जनता समाजबादी पार्टी नेपालले कपिलवस्तुको तौलिहवामा बिरोध प्रर्दशन गरेको छ । पार्टीका नेता कार्यकर्ताहरुले नागरिकता सम्बन्धी बिधेयकलाई प्रमाणीकरण नगरी १३ दिन सम्म झुलाएर पुनः फिर्ता पाठएको भन्दै राष्ट्रपतिको पुत्ला दहन समेत गरेको थिए । प्रशासन कार्यालयको गेट अघि राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले राष्ट्रपतिको सो कदमको घोर बिरोध गरेका थिए ।

जली रहेको पुत्ला भने प्रहरीले हस्तक्षेप गरी केही बेर मै निभाएका थिए । पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले एमालेको पालामा सो बिधेयक ल्याउदा तुरुन्तै पास गर्ने तर अहिले दुबै सदनले पास गरे पनि राष्ट्रपतिले बिधेयक फिर्ता गर्नु खेदजन कुरा भएको बताए । नागरिकता पाउनु नागरिको नैसर्गिक अधिकार रहेको तर राष्ट्रपतिले त्यसको ख्याल नगरी बिधेकय फिर्ता गरेको उनले बताए ।

सो अवसरमा पार्टीको प्रदेश उप संयोजक अब्दुल रसिद खाँले राष्ट्रपतिले अमुक पार्टीलाई काखी च्यापेर बिधेयक फिर्ता गरेको आरोप लगाए । उनले नागरिकता बिहीनहरुलाई यथाशक्य चाडै नागरिकता दिनु पर्ने बताए । त्यसो नगरिए पार्टी आन्दोलनमा जान बाध्य हुने उनले चेतवानी दिए । यस्तै सो पार्टीले प्रजिअ धर्मेन्द्र कुमार मिश्र मार्फत सोही बिषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुुझाएका छन ।

पार्टी अध्यक्ष शैलेन्द्र कुमार यादव, नेता अब्दुल रसिद खा, पार्टी नेता तथा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलको अगुवाईमा ज्ञापन पत्र बुझाइएको थियो । ज्ञाप पत्रमा दुबै सदनबाट पारित भए पनि अति आवश्यक सो बिधेयकर राष्ट्रपतिले फिर्ता गर्नु दुःखद कुरा भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नागरिकले नागरिकता पाउनु नैर्सिगक अधिकार भएको भन्दै राष्ट्रपतिको सो कदमको घोर भत्सना गरिएको छ ।

उता राष्ट्रपतिको सो कदम प्रति बिरोध जनाउदै लाकतान्त्रिक समाजबादी पार्टीले समेत प्रशासन कार्यालय अगाडी बिरोध प्रर्दशन गरेका थियो । लोसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरी, नेता मध्ुसुदन चौधरी, नेता तथा सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेशशरण चौधरी लगायतका नेताहरुले राष्ट्रपति बिरुद्ध चर्का नारा समेत लगाएका थिए ।

सम्बन्धित् समाचार