गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा ४६ जना डेंगु रोगका संक्रमित भेटिए

कपिलवस्तुको बाणगंगामा ४६ जना डेंगु रोगका संक्रमित भेटिए

प्रकाशित मिति:

वैखरी अनलाइन,

कपिलवस्तुको बाणगंगा नगरपालिकामा डेंगु रोगका संक्रमित भेटिन थालेका छन् । साउन लागे यता ४६ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको बाणगंगाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरका विभिन्न स्थानमा गरी भेटिएका ४६ जना डेंगु रोगका संक्रमित मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको छ । अरु संक्रमितहरुको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरभित्र डेंंगुका विरामी बढेपछि मंगलबार नगरका विभिन्न स्थानको निरिक्षण गरेको बताए ।

नगरका चारनम्बर, पिपरा, बोडगाउँ, बनगाई लगायतका बजार क्षेत्रको अनुगमन गरिएको उनले जनाए । डेंगु रोगी एकाएक बढे पछि सरसफाई अभियानलाई तीव्र पार्ने गरी नगरले तयारी थालेको छ ।

मंगलबार नगरका सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बोलाएर बाणगंगाले यस विषयमा सक्रियतापूर्वक काममा लाग्न निर्देशन दिएको छ ।

डेंगु रोगको संक्रमण अझ नफैलियोस भन्नका लागि नगरले विभिन्न सूचनामूलक जानकारीहरु प्रदान गरी यसको नियन्त्रणमा सबै क्षेत्रलाई जुट्न आग्रह गरेको छ ।

नगरले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान सञ्चालन गर्ने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

सम्बन्धित् समाचार