वैखरी अनलाइन, पकडी
नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुको मायादेवि गाउँपालिकाको पकडीमा बिरोध सभाको आयोजना गरेको छ । नेकपासगंको ३ बुदे सहमति कार्यन्वयन, एमसीसी र एसपीपीको बिरोधमा नेकपा सडकमा उत्रिएको हो ।

बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय थारु मुक्ती मोर्चाका केन्दीय अध्यक्ष शंकर प्रसाद थारुले बोल्दै नेपाल सरकार र नेकपनबिच भएको सहमति कार्यन्वयनमा सरकारले चासो देखाए परिणाम ठिक नहुने बताए ।
देशमा भष्ट्राचार मौलाएको यो अवस्थामा सरकार एमसिसि र एपसिसि जस्ता राष्ट्रघाती सम्झौतामा साथ दिन तयार हुनु गलत भएको जिकिर गर्दै यस्ता सम्झौता बिरुद्ध आफुहरुले भण्डाभोर गर्ने बताए ।
त्यस्तै नेकपाका जिल्ला सचिव कमरेड कमल केसिले आफना कार्यकर्तालाई तत्काल रिहा नगरे, राज्यबाट लगाइएका झुटा मुद्धा फिर्ता नलिए आन्दोलनका कार्यक्रमलाई तिव्रता दिने चेतावनी समेत दिएका थिए ।
आफना मागलाई सरकारले वेवास्ता गरे नेपाल बन्द गर्न आफुहरु बाध्य हुने नेकपाका जिल्ला सदस्य गणेश थारुले जानकारी दिए । बिरोध सभामा २ नेकपाका नेता कार्यकर्ताको सहभागिता थियो ।








