गृहपृष्ठ Featured गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला

गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला

गुल्मी : गुल्मीमा शनिबार विहान फेला परेको शव मुसिकोट नगरपालिका-१ पौदीकी ७९ वर्षकी सेतीदेवी पछाइको भएको खुलेको छ ।

जिल्लाको इश्मा गाउँपालिका-१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालका अनुसार शव सडेको अवस्थामा फेला परेको छ ।

शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ ।

पोष्टमार्टम पश्चात शव आफन्तको जिम्मा लगाइने दाहालले बताए । एकल महिला पछाईका छोराछोरी थिएनन् । एक हप्तादेखि छिमेकका कसैले उनलाई भेटेका थिएनन् । उनी पौदी अमराइमा भाइको घरमा बस्दै आएकी थिइन् ।

पछाईको मृत्युबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित् समाचार