गृहपृष्ठ Featured पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ जनाको मृत्यु

पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ जनाको मृत्यु

प्रकाशित मिति:

पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको छ। यहाँका उद्धार अधिकारीहरूले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन्।

त्यसैगरी, देशको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वामा पनि बाढीको प्रकोप बढेको छ। सो प्रान्तमा गएको २४ घन्टायता बाढीमा परेर कम्तीमा ११ जनाले ज्यान गुमाएका छन्।

उक्त दुई प्रान्तमा वर्षा जारी रहेकाले बाढीको थप प्रकोप बढ्न सक्ने भन्दै सतर्क रहन सरकारले सूचनाहरू जारी गरेको छ। यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ। शनिबार बिहानैदेखिको वर्षा अविरल रूपमा आइतबार बिहानसम्म आएकाले अरू पनि क्षति भएको अनुमान गरिएको छ।

विवरणहरू आउन बाँकी रहेको सो निकायले जनाएको छ। पछिल्लो वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्किएका छन् । यो मनसुनी वर्षामा मात्र पाकिस्तानमा सात सयभन्दा बढीको ज्यान गएको छ। यसमा परेर हजारौँ व्यक्ति घरबारविहीन भएका बताइएको छ।

रासस/सिन्ह्वा

सम्बन्धित् समाचार