वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु जिल्लाको बाणगंगा- ११ का युवा ब्यवसायी रमेश नेपालले बटुक तथा अनाथ बालकहरुसंग आफ्नो जन्मदिन मनाएका छन् । नेपाल मनकामना संस्कृत गुरुकुलका बटुक तथा कपिलवस्तु बाल गृहका अनाथ बालकहरुसंग जन्मदीन मनाएका हुन् ।

जन्मदिनमा बर्थडे पार्टी गर्नु भन्दा सहयोगी भवना राखि मनाउन उचित हुन्छ भन्ने ठानेर आफुले पटुक र अनाथ बालकहरुसंग जन्मदिन मनाएको उनले बताए । उनले बटुकहरुका लागी आवश्यक खाद्यान्न उपलब्ध गराएका हुन भने बालगृहका बालकहरुलाई कपडा वितरण गरेका हुन् ।

भड्किलो तरिकाले पैसा खर्च गरेर जन्मदिन मनाउने नयाँ परम्पराको अन्त्य हुनुपर्ने सन्देश प्रवाह गर्ने आवश्यकता रहेको बताए ।
अब सबैले जन्मदिनमा कुनै सामाजिक कार्य तथा गरिब दिनदुःखीलाई सहयोग गर्नुपर्ने उनको भनाई छ ।








