गृहपृष्ठ Featured बाणगंगा वडा नं. ४ : टोल बिकास समिति गठन कार्य जारी, सरसफाई अभियान पनि सुरु

बाणगंगा वडा नं. ४ : टोल बिकास समिति गठन कार्य जारी, सरसफाई अभियान पनि सुरु

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ४ मा टोल बिकास समिति गठन गर्ने कार्य जारी रहेको छ । वडा नं. ४ मा हालसम्म ३ वटा टोल समिति गठन भएको वडा कार्यालयले जनाएको छ ।

 

जसमध्य डुङ्गहवा टोल बिकास समितिको अध्यक्षमा गणेश बहादुर क्षेत्री, उपाध्यक्षमा पदम बहादुर थापा,सचिवमा मिना कुमारी हमाल कोषाध्यक्षमा धुर्व मल्ल रहेका छन भने कलपना सेन, शान्ती नेपाली, मञ्जु खत्री, शर्मिला अधिकारी र लाल बहादुर थारु सर्वसम्मत निर्वाचित भएका छन ।

 

यसैबिच गजेहडा टोल बिकास समितिको अध्यक्षमा टेक बहादुर थापा, उपाध्यक्षमा कृष्ण प्रसाद चौधरी, सचिवमा मन बहादुर मल्ल , कोषाध्यक्षमा प्रेमकला थापा रहेका छन भने टेकराज पाण्डे, सुस्मीता कुवँर, संसद अलि मुसलमान, शालिकराम पाण्डे, र बसन्ती थारु सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका छन ।

 

त्यस्तै झुगा टोल बिकास समिति पनि गठन गरिएको छ । जसको अध्यक्षमा दामोदर पौडेल, उपाध्यक्ष भरत प्रताप सेन, सचिवमा रमाकान्त पौडेल, कोषाध्यक्ष गुमकुमारी पाण्डे, सदस्यहरुमा टेकेन्द्र बिक्रम उचै, खेम बहादुर गाहा, उमा भट्टराई, राजु सेन, शेर बहादुर मल्ल सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका छन ।

यसैबिच वडा नः ४ ले सरसफाइ अभियान पनि सुरु गरेको छ । वडाले डुङ्गहवा टोलबाट सरसफाइ अभिययान सुरु गरेको बताउदै बिस्तारै सबै टोलमा नियमित रुपमा सरसफाई अभियानलाई तिव्रता दिने वडाध्यक्ष छवि रेश्मी मगरले बताए ।

सम्बन्धित् समाचार