गृहपृष्ठ Featured तानसेनका निवर्तमान मेयर र उपमेयरसहित एमाले नेताहरू एकीकृत समाजवादी प्रवेश

तानसेनका निवर्तमान मेयर र उपमेयरसहित एमाले नेताहरू एकीकृत समाजवादी प्रवेश

प्रकाशित मिति:

बुटवल । पाल्पाको तानसेन नगरपालिकाका निवर्तमान नगरप्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठकसहितका एमाले नेताहरू नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका छन् ।

शाही र पाठकसहिथ भीमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, विनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, विनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक, उमेश घिमिरेलगायतका नेताहरू एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

उनीहरूले संयुक्त प्रेस विज्ञप्तिमार्फत एमालेबाट संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार काम हुन नसकेको भन्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन् ।

ूनेकपा ९एमाले०को नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशाविपरीत पार्टीको माथिदेखि तलसम्म स्वेच्छाचारी र व्यक्तिवादी ढंगले नेतृत्व चल्न थाल्यो । पार्टीको नीति, सिद्धान्त, विचार र पद्धति कुल्चिने काम भएको छ । नेतृत्वमा रहनेहरूको अदूरदर्शिता र गलत रवैयाका कारण विगतमा वामपन्थी आन्दोलनले विभिन्न आरोह अवरोध पार गर्दै अघि बढेको कुरा हामीले स्मरण गर्न आवश्यक छ,ू विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उनीहरूले नागरिकले विश्वास गरेकै कारण दुईतिहाइ मत प्राप्त उपलब्धिलाई जोगाउन नसक्नु दुईरदुई पटक संसद् विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद् पुनःस्थापना गर्दा पनि पार्टीभित्र समीक्षा गर्न तयार नहुनु संविधान विरोधी गैरमार्क्सवादी चिन्तन र गुटस्वार्थ मुख्य कारण भएको आम ठम्याइलाई बेवास्ता गरिएको पनि बताएका छन् ।

सम्बन्धित् समाचार