गृहपृष्ठ Featured बाणगंगा नगरभित्र संचालित बजारहरु आजदेखि मंगलबार पनि खुल्ने

बाणगंगा नगरभित्र संचालित बजारहरु आजदेखि मंगलबार पनि खुल्ने

प्रकाशित मिति:

कपिलवस्तु उद्योग वाणिज्य संघको मातहतमा रहेका बजारहरु मंगलबार पनि खुल्ने भएका छन् ।

नेपालीका विभिन्न चाडपर्वहरु नजिकिए संगै साप्ताहिक रुपमा मङ्गलबार बन्द रहदै आएका बजारहरु आजबाट खुल्ने कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए ।

विभिन्न चाडपर्व नजिकिएसंगै स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै बजारहरु खुल्ला गरिएको पौडेलले बताए ।

 

यस अघि कपिलवस्तु उद्योग वाणिज्य संघको मातहतका बजारहरु साप्ताहिक रुपमा मंगलबार बन्द रहदै आएका थिए । मंगलबार अर्थात आजैबाट लागु हुने गरी तिहारसम्म बजार खुल्ला रहने जनाईएको छ । साप्ताहिक रुपमा बन्द रहेका बजारहरु खुलेसंगै स्थानीयलाई किनमेलमा सहज हुने छ ।

सम्बन्धित् समाचार