गृहपृष्ठ Featured यी हुन् ०७४ मा कांग्रेस ५ हजार मतले पराजित भएका कपिलवस्तुसहितका ४० क्षेत्र

यी हुन् ०७४ मा कांग्रेस ५ हजार मतले पराजित भएका कपिलवस्तुसहितका ४० क्षेत्र

प्रकाशित मिति:

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरे पनि सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको विषय अहिले निकै पेचिलो बनिरहेको छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सबै दललाई समेटेर वाम(लोकतान्त्रिक गठबन्धन बनाउने र आगामी निर्वाचनमा अघिल्लो चुनावको बदला लिने दाउमा छ ।

०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बस्दा कांग्रेस २३ सिटमा खुम्चिएको थियो । त्यसबेला कांग्रेसले विगतमा पटक-पटक चुनाव जित्दै आएका क्षेत्रसमेत गुमाएको थियो ।

विगतमा वाम गठबन्धनका कारण देशभर पराजित भएको कांग्रेस अहिले त्यही वाम गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्र र एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको बलियो साथ लिएर बढीभन्दा बढी सिटमा जित निकाल्ने प्रयासमा छ । मधेसमा बलियो मानिएको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमै छन् ।

चुनावी तालमेल गर्ने सहमति भएपनि गठबन्धनमा सिट बाँडफाँटको विषय भने मिलेको छैन । गठबन्धनको सिट बाँडफाँट कार्यदल २०७४ र २०७९ को निर्वाचनका परिणामको मत विश्लेषण गर्ने र त्यहीआधारमा सिट बाँडफाँटको खाका कोर्ने छलफलमा छ ।

०७४ को मतपरिणामलाई केलाउँदा देशभर २३ सिट मात्रै जितेको कांग्रेसले देशभर पाँच हजार भन्दा कमले ४० निर्वाचन क्षेत्रमा पराजय बेहोरेको छ । विगतको मतलाई आधार मान्दा गठबन्धनको साथ पाए ती क्षेत्रमा यसपटक कांग्रेसलाई जित निकाल्न सहज हुनसक्छ ।

यी हुन् कांग्रेस ५ हजार मतले पराजित भएका ४० निर्वाचन क्षेत्र

झापा-१

मतान्तर – २८६३

माओवादी केन्द्र – सुरेन्द्रकुमार कार्की, ३६१७३

नेपाली कांग्रेस – विश्वप्रकाश शर्मा, ३३३१०

संखुवासभा-१

मतान्तर – ११३०

नेकपा एमाले – राजेन्द्रप्रसाद गौत्तम ३२७६९

नेपाली कांग्रेस – दिपक खड्का ३१६३९

तेह्रथुम-१

मतान्तर – २०२१

नेकपा एमाले – भवानीप्रसाद खापुङ २१३३५

नेपाली कांग्रेस – सिता गुरुङ १९३१४

मोरङ्ग-३

मतान्तर- १९०७

नेकपा एमाले – भानुभक्त ढकाल ४२४१३

नेपाली कांग्रेस – सुनीलकुमार शर्मा ४०५०६

मोरङ्ग-५

मतान्तर- ३७९२

माओवादी केन्द्र – शिवकुमार मण्डल (केवट) २२९४५

नेपाली कांग्रेस – अमृतकुमार अर्याल १९१५३

मोरङ्ग-६

मतान्तर- ६७५

नेकपा एमाले – लालबाबु पण्डित ३३९४१

नेपाली कांग्रेस – डा. शेखर कोइराला ३३२६६

सोलुखुम्बु-१

मतान्तर- ३४५३

माओवादी केन्द्र -हेमकुमार राई २०७४७

नेपाली कांग्रेस – बलबहादुर के.सी १७२९४

ओखलढुंगा-१

मतान्तर- ५२५३

नेकपा एमाले – यज्ञराज सुनुवार ३२५८०

नेपाली कांग्रेस – रामहरि खतिवडा २७३२७

सप्तरी-३

मतान्तर-३१८३

राष्ट्रिय जनता पार्टी नेपाल- चन्द्रकान्त चौधरी २२५८४

नेपाली कांग्रेस – दिनेशकुमार यादव १९४०१

धनुषा-३

मतान्तर-२९०३

राष्ट्रिय जनता पार्टी नेपाल- राजेन्द्र महतो ३०७५०

नेपाली कांग्रेस – विमलेन्द्र निधि २७८४७

धनुषा-४

मतान्तर- २५४१

नेकपा एमाले – रघुवीर महासेठ २२५३२

नेपाली कांग्रेस – महेन्द्र यादव १९९९१

महोत्तरी-४

मतान्तर- ५३२८

संघीय समाजवादी फोरम नेपाल- सुरेन्‍द्रकुमार यादव १८३५३

नेपाली कांग्रेस – महेन्‍द्र कुमार राय १३०२५

धादिङ्ग-२

मतान्तर- ६४०

नेकपा एमाले – खेमप्रसाद लोहनी ३६२५६

नेपाली कांग्रेस – दिलमान पाख्रिन ३५६१६

काठमाडौं-३

मतान्तर- ४२८५

नेकपा एमाले – कृष्‍णबहादुर राई १९१६९

नेपाली कांग्रेस – अम्‍बिका बस्‍नेत १४८८४

काठमाडौं-८

मतान्तर-४४४

नेकपा एमाले – जीवनराम श्रेष्ठ १३३९७

नेपाली कांग्रेस – नविन्द्रराज जोशी १२९५३

ललितपुर-३

मतान्तर-१७०८

माओवादी केन्द्र -पम्फा भुसाल २४०३६

नेपाली कांग्रेस – मदनबहादुर अमात्य २२३२८

काभ्रेपलाञ्चोक-१

मतान्तर- ४०२६

माओवादी केन्द्र -गंगाबहादुर तामाङ ४३६३१

नेपाली कांग्रेस – तीर्थबहादुर लामा ३९६०५

गोरखा-१

मतान्तर- ३२१७

माओवादी केन्द्र -हरिराज अधिकारी २९८६०

नेपाली कांग्रेस – चिनकाजी श्रेष्ठ २६६४३

मनाङ्ग-१

मतान्तर- २७९

नेकपा एमाले – पोल्देनछोपाङ गुरुङ्ग २३००

नेपाली कांग्रेस – टेकबहादुर गुरुङ २०२१

तनहुँ-२

मतान्तर- ३२७९

नेकपा एमाले – केदार सिग्देल ३२९२४

नेपाली कांग्रेस – शंकर भण्डारी २९६४५

स्याङ्जा-२

मतान्तर- ३७०६

नेकपा एमाले – पद्‍माकुमारी अर्याल ३५१४२

नेपाली कांग्रेस – गोपालमान श्रेष्ठ ३१४३६

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२

मतान्तर- १३३३

नेकपा एमाले – तिलबहादुर महत क्षेत्री ३९०५३

नेपाली कांग्रेस – विष्णुकुमार कार्की ३७७२०

मुस्तांग-१

मतान्तर- ३६३

नेकपा एमाले – प्रेमप्रसाद तुलाचन ३५४४

नेपाली कांग्रेस – रोमी गौचन थकाली ३१८१

म्याग्दी-१

मतान्तर- २३२८

नेकपा एमाले – भुपेन्द्रबहादुर थापा २३३०८

नेपाली कांग्रेस – खमबहादुर गर्बुजा २०९८०

कपिलवस्तु-१

मतान्तर- ९४६

माओवादी केन्द्र -चक्रपाणी खनाल २९७९९

नेपाली कांग्रेस – दीपकुमार उपाध्याय २८८५३

कपिलवस्तु-२

मतान्तर- ३५८१

नेकपा एमाले – वृजेशकुमार गुप्‍त ३५१४७

नेपाली कांग्रेस – सुरेन्द्रराज आचार्य ३१५६६

बाँके-१

मतान्तर- २९५६

माओवादी केन्द्र -महेश्‍वरजंग गहतराज (अथक) ३११७३

नेपाली कांग्रेस – माधवराम खत्री २८२१७

बाँके-३

मतान्तर- ४९८४

नेकपा एमाले – नन्दलाल रोका क्षेत्री ३१६०१

नेपाली कांग्रेस – बादशाह कुर्मी २६६१७

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१

मतान्तर- ५००१

नेकपा एमाले – हृदयेश त्रिपाठी ३८५९२

नेपाली कांग्रेस – देवकरणप्रसाद कलवार ३३५९१

मुगु-१

मतान्तर- ३१७३

नेकपा एमाले – गोपालबहादुर बम १३०३४

नेपाली कांग्रेस – हस्‍तबहादुर मल्‍ल ९८६१

कालिकोट-१

मतान्तर- ४७०५

माओवादी केन्द्र -दुर्गबहादुर रावत २१११२

नेपाली कांग्रेस – भुपेन्द्रजंग शाही १६४०७

हुम्ला-१

मतान्तर- ४७

स्वतन्त्र– छक्कबहादुर लामा ८४९१

नेपाली कांग्रेस – मङ्गलबहादुर शाही ८४४४

सुर्खेत-१

मतान्तर- ३३८२

नेकपा एमाले – ध्रुवकुमार शाही ३६७५९

नेपाली कांग्रेस – पूर्णबहादुर खड्का ३३३७७

बाजुरा-१

मतान्तर- ४८८४

नेकपा एमाले – लालबहादुर थापा २८०६५

नेपाली कांग्रेस – कविराज पण्डित २३१८१

अछाम-२

मतान्तर- २८५९

नेकपा एमाले – यज्ञबहादुर बोगटी २१९६५

नेपाली कांग्रेस – पुष्पबहादुर शाह १९१०६

डोटी-१

मतान्तर- १६३२

नेकपा एमाले – प्रेमबहादुर आले ३२५१०

नेपाली कांग्रेस – वीरबहादुर बलायर ३०८७८

कैलाली-२

मतान्तर-१८४४

नेकपा एमाले – झपटबहादुर रावल २५१५७

नेपाली कांग्रेस – मोहनसिंह राठौर २३३१३

कैलाली-३

मतान्तर-४३८५

माओवादी केन्द्र -गौरीशंकर चौधरी २४८७९

नेपाली कांग्रेस – रामजनम चौधरी २०४९४

कैलाली-५

मतान्तर-४८८०

नेकपा एमाले – नारदमुनि राना २७२०२

नेपाली कांग्रेस – आरजु राणा देउवा २२३२२

कन्चनपुर-३

मतान्तर- २५८

नेकपा एमाले – दीपकप्रकाश भट्ट २६३६४

नेपाली कांग्रेस – रमेश लेखक २६१०६

सम्बन्धित् समाचार