कपिलवस्तु ।
कपिलवस्तुमा टिपर र हाइस ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन् । गोरुसिंगे–तौलिहवा सडकअन्तर्गत चेत्रादेई जंगलमा दुई सवारी एक–आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
दाङबाट तौलिहवा हुँदै काठमाडौं जाँदै गरेको बा।२ख ६६६० नम्बरको हाइस र तौलिहवादेखि गोरुसिंगेतर्फ जाँदै गरेको ना।८ख ६६९७ नम्बरको टिपर एक–आपसमा ठोक्किएका हुन् । घाईतेहरु दाङ, सल्यान, प्युठान जिल्लाका रहेका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








