गृहपृष्ठ Featured माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा आचार्य चयन

माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा आचार्य चयन

दाङ ।

नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकबाट प्रस्तावित पोलिट ब्युरो सदस्य आचार्यले दाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन ।

यसअघि जिल्ला इन्चार्ज भएका जीवन गौतम एमाले प्रवेश गरेपछि आचार्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । आचार्य दाङ जिल्लाका स्थापित नेता हुन् । दोस्रो संविधानसभा २०७० सालमा झिनो मत अन्तरले नेपाली काँग्रेसका राजु खनालसँग पराजित भएका थिए । त्यसयता उनी चुनाव लड्ने अवसर पाएका छैनन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने आचार्य प्रतिनिधिसभा चुनावका आकांक्षी हुन् ।

यदि पार्टी प्रवक्ता कृष्णबहादुर महरा चुनाव नलडेमा आचार्यले नै चुनाव लड्ने सम्भावना छ ।

सम्बन्धित् समाचार