वैखरी अनलाईन, बाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुका युवा नेता आशिष शर्माले नेपाली कांग्रेस क्षेत्र नं.२ कपिलवस्तुलाई ध्यानाकर्षण गराएका छन् ।
साथै उनले युवाले अवसर पाउनु पर्ने माग देशभर बढेका कारण आफनो पनि क्षेत्र नः २ मा दावि रहेको बताएका छन ।
उनले युवाहरुको नेतृत्व गर्न आफु सक्षम रहेकाले पार्टी नेतृत्व तहले यसलाई गम्भीरताका साथ लिन आग्रह गरेका छन ।
हाल आए उनलाई कपिलवस्तु क्षेत्र नः २ बाट चुनाव लड्न युवाहरुबाट दवाव आइरहेको छ ।
मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा गठबन्धनको जित सुनिश्चित गर्न भन्दै युवा नेता शर्माले एक पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् । शर्माले नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं.२ का क्षेत्रीय सचिव परवालाल यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
गठबन्धनका उम्मेद्वारको जित सुनिश्चित गर्न पार्टीको ध्यान पुग्न नसकेको उनको भनाई छ । जसलाई उनले ६ वटा बुदाँमा ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्रमा उल्लेखित यस्ता उनका ६ वटा बुदाँ :
१. सम्बन्धीत नेतृत्वले स्थानीय तहको विगतको निर्वाचनमा केन्द्रीय नीति निर्देशन अनुरुप सत्ता साझेदार दलहरूसँग समन्व्य र गठबन्धन गर्नरगराउन नसक्दा पार्टीलाई क्षति पुगेको र त्यस निर्वाचन लगत्तै भएको जिल्ला समन्वय समितिको अनुकुल स्थिीतिको प्रतिकुल परिणाम
पछि पनि सम्पूर्ण परिणामको वारेमा समिक्षा र छफलसमेत हुन सकेको छैन ।
२. स्थानीय तहको निर्वाचनका बेला यस निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वार्ड, गाउँपालिका र नगरपालिकाको टिकट वितरणमा सम्बन्धीत वा असम्बन्धित नेतृत्वले समझदारी र सहमतिको प्रयास हुन नदिएको वा नभएको वा प्रयास नै नगरेको ।
३. पार्टीमा आपसी असहिष्णुता, द्वेष र दुर्भावको कारणले संगठनमा व्यापक हास र क्षति पुगेको देखेर पनि महसुस नभएको र आन्तरिक छलफलबाट सह अस्तित्व स्वीकार गर्दै सामूहिक जीत र हारको बोध गराउने दायित्व तर्फ पहल नगरेको ।
४. सर्कुलर अनुसार पार्टीलाई उदारताका साथ व्यापक छलफल गरेर निर्णय गर्नु पर्नेमा सो नगरी निजात्मक स्वार्थ र संकुचित निर्णयले पार्टीलाई अपुरणीय क्षतिको संम्भावना देखिएको ।
५. पार्टीमा उदात्त व्यापक सद्भाव र आत्मियताको पुनर्स्थापना गर्दै पार्टीमा जेष्ठता, निरन्तरता, योग्यता र क्षमता भएका कार्यकर्ताहरुको सहकार्यबाट जीत सुनिश्चित गर्ने उद्देश्यले अहिलेको अवस्थामा सक्षम बैकल्पिक युवा नेतृत्वको पहिचान र प्रोत्साहनको आवश्यकता रहेकोमा त्यसोनगरी निषेधको राजनीतिलाई अंगिकार गरेर निर्णय गरिने प्रवृत्तिले पार्टीलाई कसरी हित गर्ला र भन्ने गम्भीर प्रश्न चिन्ह म लगाएत कांग्रेसमा आस्था राख्ने हजारौं युवामा व्याप्त रहीरहेको र रही राखेमा समग्र पार्टीलाई यस क्षेत्रमा १८-४० वर्ष उमेर समूहका करिब ७० प्रतिशत मतदातालाई कसरी आकर्षित गर्न सकिएला र ?
६. राजनीतिमा युवाहरु अहिले हस्तक्षेपकारी भूमिकामा आउदै गरेको संकेत गत स्थानीय तहको निर्वाचनबाट भइसकेको छ । देशका मुख्य मुख्य शहरहरुमा ३५ वर्ष मुनिका युवाहरु नै मेयरमा निर्वाचित भएका छन् । पछिल्लो समय युवाहरुको ढुकढुकी बन्न सफल ती युवाहरु नै
अरुका लागि मार्गदर्शन बन्ने अवस्थामा नेपाली कांग्रेसमा पनि युवाहरुको कमी छैन यहाँ अवसर प्राप्त गरेमा म र मेरो उमेर समूहका साथीहरु पनि संघीय संसदमा कपिलवस्तुको विषयमा स्पष्टसँग आफ्ना योजनाहरु राख्न त सक्छौ सक्छी, वरु त्यसलाई सफल कार्यान्वयन
पनि गर्न सक्ने क्षमता पनि राख्दछौं ।








