वैखरी अनलाइन, बुद्धभुमी संवाददाता
नेपाली कांग्रेस कपिलवस्तु यतिबेला आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागी नाम सिफारिसमा ब्यस्त छ । जसमध्य नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः २ को क्षेत्रीय बैठक सम्पन्न भएको छ ।
बैठकले क्षेत्र नः २ को लागी प्रत्यक्ष तर्फको उम्मेदवारमा सुरेन्द्रराज आर्चायको एकल नाम सिफारिस गरेको हो । आर्चाय क्षेत्र नः २ का लोकप्रिय नेता हुन भने नेपाली कांग्रेस लुम्बिनि प्रदेशका महामन्त्री समेत हुन ।
उनले नेपाली कांग्रेस कपिलवस्तुको २ कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पनि सफलता पुर्वक सम्पन्न गरी सकेका छन ।