गृहपृष्ठ Featured लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य

लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य

प्रकाशित मिति:

१६ भदौ, काठमाडौं ।

सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ ।

भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम भएको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय रुपैयाँमा आइपुगेको छ ।

बुधबार ९४ हजार रुपैयाँमा छापावल, ९३ हजार ५०० र चाँदीको मूल्य ११ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

सम्बन्धित् समाचार