गृहपृष्ठ Featured रोल्पामा श्रीमान-श्रीमतीको शव फेला : हत्याको आशंका

रोल्पामा श्रीमान-श्रीमतीको शव फेला : हत्याको आशंका

दाङ, भदौ १६

रोल्पामा श्रीमान-श्रीमतीको शव फेला परेको छ। उनीहरूको हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

जिल्लाको माडी गाउँपालिका वडा नं. ३ तालावाङमा जिल्लाकै परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका २५ वर्षीय श्रीमान दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वती बुधबार दिउँसो मृत फेला परेका थिए।

उनीहरू स्थानीय जयलाल डाँगीको घरमा मजदुरी गरी बस्दै आएका थिए।

मृत फेला परेका दुबै जनाको शरीरमा घाउ खत र चोटपटक देखिएको हुँदा उनीहरूको कसैले रातिमा विभत्स हत्या गरेको अनुमान भइरहेको एक प्रहरी अधिकारीले बताए।

पुन दम्पतीको शव फेला परेको सूचना पाएलगत्तै घटनास्थलतर्फ गएका जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले भने घटनाबारे केही बताउन चाहेनन्।

ती प्रहरी अधिकारीका अनुसार दुर्गाले बिहेपछि श्रीमतीलाई घरमा समेत भित्र्याएका थिएनन्। उनीहरू बीचमा जिल्लाबाहिर इँट्टा भट्टामा काम गर्ने क्रममा प्रेममा परेपछि बिहे भएको भन्ने कुरा आफूले सुनेको ती प्रहरी अधिकारीले बताए।

सम्बन्धित् समाचार