काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिमाथि नै प्रश्न उठाएका छन् ।
उनले बिहीबारको बैठकमा महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु नै सिफारिस समितिमा रहेको भन्दै प्रश्न उठाएका थिए ।
समितिकी सदस्य रेखा शर्माले दिएको जानकारीअनुसार उनले पटक पटक नियमावली र संविधान स्मरण गराएका थिए ।
“उहाँले हिजो पनि आज पनि संविधान र नियमावलीमाथि प्रश्न उठाउनुभएको छ,” उनले भनिन्, “उहाँले हामीमाथि नै प्रश्न गर्नुभयो । सही गर्ने सांसद नै महाभियोग समितिमा रहेको भन्ने प्रश्न उहाँको थियो । तर हामीले यो अन्य समितिजस्तो नभएको बतायौँ ।”
जबराले प्रश्नको जवाफ नदिएपछि सांसदहरुले विषयमा प्रवेश गर्न भनेका थिए ।
“सोधिएको प्रश्नभित्र रहेर जवाफ दिनूस् । बाहिरी विषयमा जवाफ दिएर केही हुँदैन भनेर हामीले भन्यौँ,” एक सांसदले भने ।
समितिमाथि नै प्रश्न उठाएपछि सांसदहरुले राणालाई विषयमा प्रवेश गर्न भनेका थिए ।