गृहपृष्ठ Featured पाण्डेय दम्पत्तिद्धारा प्रकटेश्वर मन्दिर पिपरामा शनिदेवको मूर्ति स्थापित

पाण्डेय दम्पत्तिद्धारा प्रकटेश्वर मन्दिर पिपरामा शनिदेवको मूर्ति स्थापित

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगाका समाजसेवी एवम् शैक्षिक व्यक्तित्व अरुण कुमार पाण्डेय दम्पत्तिले शनिदेवको मूर्ति स्थापित गरेका छन् ।

पाण्डेय दम्पत्तिले बाणगंगा– २ पिपरास्थित प्रकटेश्वर महादेव शिवालयमा विधिवत रुपमा पूजा आर्चना गरी विहीबार शनिदेवको मूर्ति स्थापित गरेका हुन् ।

नेपाल भारत मैत्री संघका केन्द्रीय सचिव एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका अरुण कुमार पाण्डेय र उनकी श्रीमती लता पाण्डेयले संयुक्त रुपमा मूर्ति प्रकटेश्वर महादेव पिपरालाई समर्पण गरेको बताए ।

पाण्डेयले आफ्नो धर्मप्रति आस्था रहेको बताउँदै यस क्षेत्रमा शनि देवको मूर्ति नभएकोले पूजा आर्चना गर्न सहज होस भन्ने उद्देश्यले मूर्ति स्थापित गरेको बताए । भगवानप्रतिको जनविश्वासलाई थप जागृत गर्न अन्यले पनि भूमिका खुल्न आवश्यक रहेको उनको भनाई छ ।

उनले आफ्नो यो कार्यले अरु पनि प्रत्यक्ष तथा अप्रयक्ष रुपमा प्रभावित भई यस्ता धार्मिक कार्यमा समर्पित हुन बल पुग्ने विश्वास व्यक्त गरे ।

पाण्डेले यस अघि पनि सुपा देउराली मन्दिर बैजलपुर, दुर्गा मन्दिर कलौनीमा दुर्गाको मूर्ति स्थापित गरेका थिए ।

सम्बन्धित् समाचार