गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नं.१ (ख) बाट प्रदेश सासंदमा पाठक ‘सिडियो’ उठने सम्भावना बलियो

कपिलवस्तु क्षेत्र नं.१ (ख) बाट प्रदेश सासंदमा पाठक ‘सिडियो’ उठने सम्भावना बलियो

वैखरी अनलाईन, बाणगंगा ।

आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ (ख) बाट नेपाली कांग्रेसका युवा नेता प्रमेश्वर पाठक ‘सिडियो’ उठने सम्भावना बलियो देखिएको छ ।

उनी लुम्बिनि प्रदेशकै कान्छो उम्मेदवारका रुपमा चुनावी मैदानमा आउन लागेका हुन ।

 

हालसम्म प्रदेश सभा सदस्यका उम्मेदवारमध्य पाठक सबै भन्दा कान्छा उम्मेदवार हुन ।

युवामाँझ लोकप्रिय तथा कार्यकर्ता र आम नागरिकमा रुचाइएका नेताका रुपमा परिचित पाठकलाई कांग्रेसले प्रदेशसभा सदस्यको चुनावमा उठाउने सम्भावना बलियो देखिएको हो ।

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लाको प्रदेश १ (ख) क्षेत्रबाट उनलाई उठाउन केन्द्रिय नेताहरुले समेत तयारी गरेको बुझिएको छ भने उनले टिकट पाउनका लागी लबिङ समेत थालेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट लामो समयसम्म सक्रिय राजनिति र सामाजिक कार्यमा सक्रिय उनी प्रदेश चुनावमा उठने चर्चा परिचर्चा सुरु हुन थालेपछि नेता तथा कार्यकता पनि खुशी देखिएका छन् ।

सिडियो पाठक नेपाल विधार्थी संघको जिल्ला सदस्य हुदैं नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुको जिल्ला सदस्य समेत भईसकेका छन् । यस्तै उनी नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुको सदस्य समेत रहेका थिए ।

उनी कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडा निवासी हुन् ।

सम्बन्धित् समाचार