गृहपृष्ठ Featured रुपन्देही–५ मा कांग्रेसबाट भरत शाह दम्पती नै सिफारिस

रुपन्देही–५ मा कांग्रेसबाट भरत शाह दम्पती नै सिफारिस

१७ भदौ, बुटवल ।

रुपन्देही–५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसबाट भरत शाह र उनकी श्रीमती अनिता शाह सिफारिस भएका छन् ।

सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् ।

प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् ।

यस्तै प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ विष्णु पोखरेल, देवीप्रसाद कंडेल र लक्ष्मी चौधरी तथा समानुपातिकमा रामबहादुर थापा र शारदा गौतम सिफारिस भएका क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले जानकारी दिए ।

सम्बन्धित् समाचार