गृहपृष्ठ Featured केन्याविरुद्ध आसिफको शतक : नेपाल ७ विकेटले विजयी

केन्याविरुद्ध आसिफको शतक : नेपाल ७ विकेटले विजयी

काठमाडौं ।

नेपालले केन्याविरुद्धको पहिलो एक दिवसीय खेल ७ विकेटले जितेको छ।

आसिफ शेखले ११० रनको शतकीय पारी खेलेपछि नेपालले ४७.२ ओभरमा ३ विकेटको क्षतिमा केन्याले दिएको लक्ष्य पूरा गर्‍यो।

आसिफले १२० बलमा १०८ रन बनाए। त्यस्तै अर्जुन साउद ९८ बलमा ६१ रन बनाए। ज्ञानेन्द्र मल्ल २४ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए।

त्यसअघि केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको थियो।

यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३-२ ले विजयी भएको थियो।

सम्बन्धित् समाचार