१८ भदौ, बुटवल ।
नेपाली कांग्रेस पाल्पाले २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागि समानुपातिकसहित ५७ जनाको नाम सिफारिस गरेको छ । जसमा पूर्वगभर्नर र पूर्व डीआईजीसम्म छन् ।
पाल्पा क्षेत्र नं। १ प्रतिनिधि सभामा ज्ञानबहादुर गाहा, दान बहादुर पछाई, कल्प पौडेल र सन्दीप राना प्रत्यक्षमा तथा समानुपातिकतर्फ सन्दीप राना, बिष्णुमाया ढकाल, विजय घिमिरे सिफारिस भएका छन् ।
क्षेत्र नंं २ मा वीरबहादुर राना, हरि प्रसाद नेपाल र डा. चिरञ्जिवी नेपाल सिफारिस भएका छन् । नेपाल पूर्व गभर्नर हुन् । समानुपातिकतर्फ राजनप्रसाद पन्त, विधान श्रेष्ठ, लालकुमारी राना, महेश्वरी कुवँर, शोभा शाक्य, सिता नेपाल र जमिला मिया रहेका छन् ।
यसैगरी प्रदेशसभा तर्फ १ (क) प्रत्यक्षमा श्यामकान्त खनाल र समानुपातिकतर्फ अर्जुन विक, देवराज ढकाल, हजिल दिन मियाँ, बोम ब थाप र बिष्णु देवि घिमिरे आचार्य सिफारिस भएका छन् ।








