गृहपृष्ठ Featured मायादेवी गाउँपालिका कोभिड-१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा

मायादेवी गाउँपालिका कोभिड-१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा

प्रकाशित मिति:

कपिलवस्तु ।

जिल्लाको मायादेवी गाउँपालिका कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकाको सभाहलमा आज एक कार्यक्रम बिच गाउँपालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

नियमित खोपतर्फको पूर्ण खोपयुक्त जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्य र सहायक प्रमुख जिल्ला अनिल पौडेलले कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अतहर कमालले स्वास्थ्यनै जिवन अपरिहार्य भएकोले स्वास्थ्यलाई बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । पालिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित घोषणा भएपनि यसको कार्यन्वयनमा ध्यान दिनुपर्ने बताए ।

घोषणा कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कोभिड १९ मात्रै होईन बालबालीकालाई दिईने नियमित खोप पनि पुर्ण रुपमा निरन्तर दिनुपर्नेमा जोड दिए ।

मायादेवी गाउँपालिकाले घरधुरी १०० प्रतिशत बालबालिकाहरुले पूर्ण मात्रा लगाएको र कोभिड १९ बिरुध्दको खोप १२ वर्ष माथीको उमेर समुहमा पहिलो तथा दोश्रो मात्रा शत प्रतिशत लगाएको पाइएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरीएको पालिका स्वास्थ्य संयोजक महेन्द्र यादवले जानकारी दिए ।

पालिकामा १२ बर्ष माथिका कुल ४३ हजार ९ सय ३७ जनालाई पुर्ण खोप लगाएकोे तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानको अध्यक्षतामा कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चितको कार्यक्रममा जिल्लाका सबैसुरक्षा निकाय प्रमुखहरु ,गाउँपालिका उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्यकर्मी ,स्वास्थ्य स्यमसेवीका,पत्रकार लगायतको उपस्थिति थियो ।

सम्बन्धित् समाचार